हेलिकोप्टमार्फत सेनाको ढुवानी



काठमाडौं, (नेस) ।

असारको पहिलो दिन गएको बाढी र पहिरोका कारण सडक तथा पुलहरू क्षति भएपछि नेपाली सेनाले राहत सामग्री ढुवानी गरेको छ ।

जिल्लाको हेलम्बु, पाँचपोखरी, थाङपाल र जुगल गाउँपालिकाका लागि सेनाले हेलिकोप्टरमार्फत ढुवानी गरेको नेपाली सेनाले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको ५२ बन्डल जस्तापाता, ५ हजार २ सय केजी खाद्यान्न र ३ सय ५० लिटर इन्धन, जेनेरेटरलगायतका सामग्री रहेको नेपाली सेनाले जानकारी दिएको छ । त्यसरी ढुवानी गरेका सामग्रीहरू स्थानीय जनप्रतिनिधिलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्