अरूका सामु कैदीसँग यौनकार्य गर्ने महिला अधिकारी



लसएन्जेल्स, (एजेन्सी) ।

अमेरिकाको क्यालिफोर्नियास्थित एउटा सुधारगृहका महिला अधिकारीलाई त्यहींको कैदीसँग ड्युटी समयमै यौन सम्पर्क राखेको अभियोगमा अदालतले कारावास सजाय सुनाएको छ । २७ वर्षीया ‘टिना गोन्जालेज’ नामक ती अति नै उच्छृङ्खल स्वभावकी महिलाले अन्य कैदीहरूको आँखा सामु नै खुल्लमखुल्ला यौनक्रिया गरेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

फ्रेस्नो काउन्टी सेरिफको कार्यालयका अधिकारीहरूले सन् २०१९ जेलभित्रै मोबाइल फोनसँगै भेटिएका ती कैदीसँग टिनाको अवैध सम्बन्ध रहेको पत्ता लगाएका थिए । फ्रेस्नो बी अखबारका अनुसार उनको सो अश्लिल व्यवहारले उनको सोच कतिसम्म घटिया रहेछ भन्ने देखाएको अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा सो कारगारमा जागिर खाएकी टिनाले स्थानीय प्रशासनले यौनकाण्ड थाहा पाउनासाथ राजीनामा दिएकी थिइन् ।

यसरी आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै कैदीसँग यौन सम्पर्क राखेर पनि उनले अलिकति पनि आत्मग्लानीको महशुस नगरेको कुरा यस काण्डको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । उनलाई यौन कार्यलगायत कारागारभित्र लागुऔषध र मदिराजन्य पेय पदार्थ साथमा राख्ने गरेको अभियोगमा २ सय १० दिन लामो कैद सजाय तोकिएको छ ।

फक्स न्युजका अनुसार गत अप्रिलमा दोषी करार गरिएकी उनले ती कैदीलाई बारम्बार फोन गरी यौनजन्य अश्लिल कुराकानी पनि गर्ने गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्