जेसीबी दुर्घटनामा परी चालकको मृत्यु



न्युज अफ नेपाल, दार्चुला ।

दार्चुलामा जेसीबी दुर्घटनामा परी चालकको मृत्यु भएको छ । जिल्लाको अपी हिमाल गाउँपालिका–५ मा पर्ने मकरीगाड तिङलास्थित सुदूरपश्चिम प्रदेश ०१०० क १६०४ नम्बरको जेसिबि दुर्घटना हुँदा चालक २८ वर्षिय विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

कच्ची सडकमा जसीबी फसेको तथा निकाल्ने क्रममा पल्टेर सडकबाट २ सय मिटर तल खसेको उहाले बताउनुभयो । जेसीबी पल्टिँदा गम्भिर घाइते चालकलाई उपचारका लागि लटिनाथ स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । मृतक चालकको घर शैल्यशिखर नगरपालिका–६ आगर भएको तथा जेसीबी मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्