माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने



न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् ।

महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्