काठमाडौं, (नेस) ।
भ्रष्टाचार गरेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई वारेस राख्न विशेष अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, शान्ति सिंह थारु र चन्द्रबहादुर सारु मगरको इजलासले बस्न्यातलाई वारेस राख्न अनुमति दिएको हो । बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको आरोप लगाई अख्तियारले बस्न्यातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले प्रारम्भिक सुनुवाइपछि बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको थियो । पछि सर्वोच्च अदालतको आदेशबमोजिम उहाँलाई थुनामुक्त गरिएको थियो । थुनामुक्त भएपछि उहाँले वारेस राख्न अनुमति माग गरी विशेष अदालतमा निवेदन दिनुभएको थियो । सो मागबमोजिम अदालतले मंगलबार वारेस राख्न अनुमति दिएको हो ।











प्रतिक्रिया