कालिकोटकोमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते



कालीबहादुर मल्ल, कालिकोट ।

जिल्लाको रास्कोट सान्निघाटमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मङ्लबार बिहान रास्कोट नगरपालिकाको कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना भएपछि रास्कोट नगरपालिका- ३ का ३६ बर्षिया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो ।

प्रहरीका अनुसार सेराचौर देखि जितेगडा जादै गरेको क.१ ज २३ नम्मरको बोलेरो जिप दुर्घटनामा चारजना घाईते भएका छन।
यसैगरी घाइतेलाई उपचारका लागि कालिकोट जिल्ला अस्पतालमा पुगाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्र शाहले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्