कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढ्दै



न्यूज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइदै छ । नेपालमा डेल्टा नयाँ छिटो फैलने कोरोना भाईरसका कारण धेरै मानिस संक्रमित हुनुका साथै ज्यानै गुमाउने अवस्थामा पुगेको ताजै घटनाबाट सचेत नागरिकहरुको बिहान ३ बजे देखि नै खोप केन्द्रहरुमा भीड लागेको छ ।

कोरोना बिरुद्धको खोपका लागि जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा दिन लागिएको सूचनामा उल्लेख गरिएको छ । यसमा खासै उमेर समूह तोकिएको छैन ।

उक्त समयमा ३ लाख ७० हजारभन्दा बढी व्यक्तिलाई पहिलो मात्रा कोरोना बिरुद्धको खोप लगाइएको थियो । काठमाडौंमा ३२ वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउन पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने हुन्छ । खोप के कति छ भन्ने एकीन नभएपनि कोप पाउने आशामा लामबद्ध नागरिकको भने ठूलो भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्