सिंहले अमेरिकामा स्वर्ण जिते



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली बडीबिल्डर उत्सव सिंहले अमेरिकामा स्वर्णपदक जितेका छन् । सिंहले मिस्टर युएसए नेचुरल प्रो क्वालिफायरअन्तर्गत ओपन र नोभिस विधामामा स्वर्ण जितेका हुन् । पुरुषको फिजिकमा जितेको सो उपाधि नेपाली खेलाडीले जितेको पहिलोपटक पनि हो ।

जुलाई–३ मा आयोजना भएको प्रतियोगितामा बुटवलबासी सिंहले स्वर्ण जितेकोमा नेपालको नाम राख्न सकेको बताएका थिए । पछिल्ला पाँच वर्षदेखि टेक्सास राज्यको डलासमा बसिरहेका उनले मसल एन्ड फिटनेस म्यागेजिनमा पनि शीर्ष पाँचमा रहेका हुन् । उनले हालै मेरिलेन्ड राज्यमा भएको एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्