काठे लोकदोहोरी अवार्ड वितरण असोजमा


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय काठे लोकदोहोरी अवार्ड वितरण असोजको पहिलो साता गरिने भएको छ । आयोजक सुनाखरी मल्टिमिडिया फाउण्डेशनलेको सोमबार बसेको बैठकले अवार्ड वितरणको मिति तय गरेको हो । फाउण्डेशनका अध्यक्ष माधव थापाले जानकारी दिए अनुसार कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

असोज ७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने यो कार्यक्रममा विभिन्न ३२ विधामा अवार्ड वितरण गरिने अध्यक्ष थापाले बताउनु भएको छ । फाउण्डेशनको सोमबार बसेको बैठकले लाईफटाईम अचिपमेन्ट अवार्ड कलाकार जयनन्द लामालाई प्रदान गर्ने निर्णय गरेको छ । अवार्ड वितरण कार्यक्रमका मिडिया संयोजक राजन चौलागाईका अनुसार सार्वोकृष्ट गायक, गायीका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभा लागाएत ३२ विधामा अवार्ड वितरण हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।