अयोध्याबाट जनकपुर आइपुग्यो सरयू कमला एक्सप्रेस, तीर्थयात्रीको भव्य स्वागत


काठमाडौं ।

भारतको अयोध्याबाट सोमबार छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा सवार एक हजारभन्दा बढी तीर्थयात्रीलाई नेपाली तथा भारतीय राष्ट्रिय झण्डासहित स्थानीयवासी र सरकारी प्रतिनिधिहरूले भव्य स्वागत गरेका छन्।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट झण्डा देखाएर शुभारम्भ गरेको रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

जनकपुरधाम पुगेका तीर्थयात्रीहरूले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको छ। दर्शन तथा पूजापछि दिउँसो १ बजेसम्म रेल अयोध्याका लागि फर्किने तालिका रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।