जोङ ‘बेस्ट प्लेयर अफ् द सिजन’



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना युवा मिडफिल्डर फ्रेन्की डे जोङलाई ‘बार्सिलोना बेस्ट प्लेयर अफ् द सिजन’ घोषणा गरेको छ ।
बुधबार क्लबले आधिकारिक रूपमा सिजन २०२०–२१ का लागि क्लबको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । डे जोङले कप्तान लिओनल मेसीलाई समेत पछि पार्दै क्लबको उत्कृष्ट खेलाडीमा बाजी मार्न सफल भए ।

नेदरल्यान्ड्सका २४ वर्षीय प्लेमेकर खेलाडी डे जोङले यस सिजनमा सबैखाले प्रतियोगिताबाट कुल ५१ म्याच खेल्दै सात गोल र पाँच असिस्ट गरेका थिए । सो सिजन बार्सिलोनाले ला लिगा र च्याम्पियन्स लिग जित्न असफल हुँदा कोपा डेल रे कपको मात्रै उपाधि जितेको थियो । डच क्लब आयाक्सबाट बार्सिलोना पुगेदेखि नै डे जोङ लगातार पहिलो रोजाईमा पर्दे आएका छन् ।

गत सिजन बार्सिलोनाका कप्तान लिओनल मेसी टोलीका सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडी रहे । उनले सिजनभरमा सबैखाले प्रतियोगिताबाट ४७ म्याच खेल्दै ३८ गोल १२ असिस्ट गरेका थिए । तर, क्लबले भने मेसीलाई पछाडि राख्दै डे जोङलाई प्लेयर अफ् द सिजन घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्