महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को क्याम्पस प्रमुखमा प्रा.चन्दकला शर्मा नियुक्त



न्युज अफ नेपाल, काठमाडौ ।

प्राध्यापक चन्द्रकला शर्मालाई महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएकोे छ ।

उपकुलपति कार्यालयको सिफारिस अनुसार शर्माले असार १४ गतेदेखि लागू हुने गरि क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । निवर्तमान क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि रिक्त हुन आएको क्याम्पस प्रमुखको पदमा शर्मालाई नियुक्त गरिएको हो । प्राध्यापक शर्मा यसअघि सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।

प्रा. शर्माले नर्सिङ परिषद्को अध्यक्षको समेत कार्यभार सम्हाल्नुभएको छ । उहाँ झण्डै तीन दशक देखि स्वास्थ्य सेवामा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्