पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा मंगलबार बिहानै चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

बिहानै खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला चट्याङ लागेर १ महिला सहित ३ जनाको मृत्यु भएको हो ।पर्साको सखुवाप्रसौनी गाउँपालिका ४ का ५५ वर्षिय रघुवीर यादव भैंसी चराउन गएका बेला , चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।यस्तै पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ गदियानीका २७ वर्षिय रुस्लान गदीको पनि चटयााङ लागेर मृत्यु भएको छ । पटेर्वासुगौली ४ स्थित पथलवाघाट तिर मंगलबार बिहान भैंसी चराउन गएका बेला खसेको चट्याङले लागेर रुस्लानको पनि घटनास्थलमै मृत्यु भएको हो ।उनिसंगै भैंसी चराउन गएका राजबली गदी , चट्याङ लागेर गम्भीर घाइते भएका छन् ।

घाइते राजबलीलाइ उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि मृत्यु भएको छ । गाँउकै रामसोगारत महत्तोको खेतमा मंगलबार बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थरुनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरिक्षक राजुबाबु यादवले जानकारी दिनुभयो ।जीराभवानी गाँउपालिकामै चट्याङ लागेर ३ जना सामान्य घाइते भएको र उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्