गुडिरहेको विमानबाट यात्रुले हामफालेपछि…



लसएन्जेलस, (एजेन्सी)

अमेरिकाको लस एन्जेल्स अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुष गुड्दै गरेको विमानबाट हाम फालेका छन् । संघीय उड्डयन प्रशासन ( एफएए ) ले शुक्रवार नाम नखुलाइएका ती व्यक्ति विमानको ढोका खोले इमर्जेन्सी स्लाइड मार्फत भागेको जनाएको छ ।

उनलाई ट्याक्सी चल्ने बाटोमा हिरासतमा लिएर प्रहरीले अस्पतालमा पु-याएको छ । उनलाई के कस्तो चोटपटक लागेको भन्ने स्पष्ट पारिएको छैन । अमेरिकाका उडानहरुमा यस्त अस्वाभाविक घटनाहरु बढ्दै गइरहेका छन् ।

यस वर्ष मात्र अमेरिकाभरि करिव तीन हजार वटा यस्त अनौठा घटना घटेका छन् । शुक्रवार स्थानिय समय अनुसार साँझ सात बजेर दस मिनेट जाँदा साल्ट लेक तर्फ उड्न लागेको स्काइ वेस्ट एयरलायन्सको यसनाइटेड एक्सप्रेस उडानमा यो घटना घटेको हो ।

विमानलाई धावन मार्गतर्फ लगिंदै गर्दा फ्लाइट क्रुले तिनलाई सिटबाट उठेको देखेका थिए । तिनीहरुले एनबिसी न्युजलाई इमेर्जेन्सी डोरबाट बाहिरिनु अघि उनले गएर ककपिटको ढोका ढकढकाएको बताएका छन् । स्थानिय प्रशासनले यस घटना र उनको उद्धेश्यबारे अनुसन्धान शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्