भक्तपुरमा सवारी साधन चोरी गर्ने ४ पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा सवारी साधन चोरी गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बि.क.को डेराबाट भे ७ प ४४१३ नं. को मोटरसाईकल चोरी गरेका थिए ।

पक्राउ पर्नेमा धादिङ थाक्रे ७ स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तमाङ ,भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थाई घर भई लिवाली बस्ने वर्ष १९ को वैद्य भन्ने विजय ह्याङ्जु ,दोलखा सैलुङ २ स्थाई घर भई हाल सुर्यविनायक सुन्दरबस्ती बस्ने वर्ष २९ को दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली घर भएका वर्ष २० साईन भन्ने रमेश कोजु रहेका छन् ।

प्रहरीले चोरीको स्कुटर खरिद गर्ने २ जनालाई पनि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने बर्ष २३ को अविनाश तामाङ र दाङ लमही स्थाई घर भई हाल सुर्यविनायक नगरपालिका १० पलाँसे बस्ने वर्ष २२ को आकाश मगर रहेका छन् ।

बि.क.ले डेराबाट गत जेठ ३० गते भे ७ प ४४१३ नं. को मोटरसाईकल हराएको भनी महानगरीय प्रहरी वृत्त जगातीमा निबेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा खटिएका प्रहरी टोलीले मोटरसाईकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा लिवालीबाट मोटरसाईकल चोरी गर्ने ४ जनालाई चोरी भएको भे ७ प ४४१३ (परिवर्तित नम्बर बा ७१ प ४७०३) को मोटरसाईकल सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी डिएसपी दिपक गिरीले बताउनुभयो ।

अनुसन्धान गर्दा किर्तीपुर नपा १५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी बेचेको भनी समेत खुल्न आएको हुँदा चोरीको स्कुटर खरिद गर्ने २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्