करेन्ट लागेर गर्भवती महिलाको मृत्यु 



बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोटमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।करेन्ट लागेर घाईते भएकी नलगाड नगरपालिका १० की २३ बर्षिय रमिता ध्यारको पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

मृत्यु हुनेमा नलगाड नगरपालिका १० की २३ बर्षिय रमिता ध्यार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शनिबार बेलुकी साडे ६ करेन्ट लागेर घाईते भएकी रमितालाई उपाचारको लागी आफन्तले तत्काल पश्चिम रुकुमको आठबीसकोट नगरपालिका९ राडी स्थित नगर अस्पतालमा ल्याएका थिए । उपचारका क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

घर नजिकैको धाराम कपडा धोएर लघु जलविद्युत आयोजनाको तारमा कपडा सुकाउन जादाँ रमितालाई करेन्ट लागेको थियो । रमितालाई करेन्ट लागेको देखेर उनलाई बचाउन गएकी २५ बर्षिय प्रमिला ध्यार र ६५ बर्षिय बेलु ध्यारलाई करेन्ट लागेर घाईते भएका थिए । घाईते भएका तिनै जनालाई पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको नगर अस्पतालमा पुरयाएको थियो । घाईते रमिताको राति साढी नौ बजे मृत्यु भएको थियो भने प्रमिला र बेलुको उपचार पश्चात आईतवार बिहान पौने ८ बजे डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

करेन्ट लागेर मृत्यु भएकी रमिता गर्भवती भएको र उनको पेटमा ९ महिनाको बच्चा रहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्