पानीमा डुबेर मृत्यु



झापा ।

अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो ।

खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्