एक अर्बभन्दा बढी चिनियाँलाई खोप दिइयो



बेइजिङ, (एजेन्सी) । 

चीनले एक अर्ब डोजभन्दा ब्ढी कोभिड खोप दिइसकेको छ । सरकारी अधिकारीहरूले यो संख्या विश्वभरि नै अहिलेसम्म दिइएको खोपको एक तिहाइभन्दा बढी हुन आउने दाबी गरेका छन् ।

सरकारले कोरोना भाइरसका घटनाहरूमाथि नियन्त्रण लिन सफल भएपछि खोप अभियानलाई अलि विस्तारै अघि बढाइएको थियो । तर, खोप लगाउनेहरूलाई दिइने गरिएको निःशुल्क अण्डा उपहार र डेल्टा भाइरस फैलिने चिन्ताको कारण यस अभियानले पुनः तीव्रता पाएको थियो ।चीन सरकारले आगामी जुलाईसम्ममा मुलुकको कुल जनसंख्या एक अर्ब ४० करोडमध्ये ४० प्रतिशतलाई पूर्ण डोज दिइसक्ने लक्ष्य लिएको छ ।

चीनले आफ्ना जनतालाई स्वदेशमै तयार भएका साइनोफार्म र साइनोभ्याक खोप दिने गरेको छ । ती खोप दुई डोज लिनुपर्दछ ।लकडाउन र बृहत् संख्यामा गरिएको पीसीआर परीक्षणको कारण भाइरस संक्रमणमा उल्लेखनीय नियन्त्रण भएको हो ।

प्रतिक्रिया दिनुहोस्