राजद्रोह अभियोगमा अभियन्ता पक्राउ



नोमपेन्ह, (एजेन्सी) ।

कम्बोडियाको एक अदालतले तीनजना वातावरणीय अभियन्ताविरुद्ध सरकारविरुद्ध षड्यन्त्र र नरेशको अपमान गरेको अभियोेग लगाएको छ ।

‘मदर नेचर’ नामक समूहका सदस्यहरूलाई राजधानी नोमपेनहको टोनले साप नदीमा फोहोर मिसाइएको विषयमा अध्ययन अनुसन्धान गरी दस्तावेज तयार गरेपछि गिरफ्तार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।नरेशविरुद्ध हुने अपमान तथा बेइज्जतीको कारण सजायँ हुने कम्बोडियाको नितान्त नयाँ कानुन हो ।ती तीनै जनालाई जनही पाँचदेखि १० वर्ष कैद हुनसक्ने अनुमान गरिएको छ । न्यायिक सूत्रले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई दिएको जानकारीअनुसार प्रहरीले तिनीहरूविरुद्ध नरेशको अपमान गरेको प्रमाणहरू जुटाए पनि कस्तो किसिमको अपमान भएको भन्ने स्पष्ट पारिएको छैन ।

तर, राजनीतिक समीक्षकहरूले सन् २०१८ मा लागू गरिएको यो कानुन सरकार विरोधीहरूलाई तह लगाउन दुरुपयोग भइरहेको आरोप लगाउने गरेका छन् । मदर नेचरका अनुसार पक्राउ पर्ने अभियन्तामा २६ वर्षीय सुन राथा, २२ वर्षीया ली चान्दराभुथ र ३२ वर्षीय यिम लिंघी रहेका छन् ।कम्बोडियाली मानव अधिकारवादी समूहका अनुसार शाही दरबार नजिकको टोनले साप नदीको फोहोरको प्रसङ्ग उठाएपछि तिनीहरूलाई १६ जुनमा पक्राउ गरिएको जनाएको छ ।गत महिना राजधानीमै रहेको एउटा तालमा बालुवा जम्मा भइरहेकोमा विरोध गर्ने मदर नेचरकै तीनजना अभियन्तालाई जनही १८ देखि २२ महिना लामो कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्