चिनियाँ खोपमाथि गुनासो र आशंका



दि न्युयोर्क टाइम्स, अमेरिका ।

मंगोलिया, बहराइन र टापु राष्ट्र सिसिलिजले कोभिड १९ बाट मुक्त भएर सामान्य जनजिवन फर्काउन सजिलै प्राप्त हुने चीनमा निर्मित खोप प्रयोग गर्ने निर्णय गरेका थिए । तिनीहरुले अर्थ व्यवसाय तत्काल शुरु गर्न विश्वका अन्य मुलुकमा खोपको हाहाकार भइरहेका बेला चिनिया खोपमा विश्वास गरेका थिए ।

तर कोरोना भाइरसबाट पूर्ण मुक्ति मिल्नुको बदला ती तीनैवटा मुलुक अहिले यसको सक्रमणसंग संघर्ष गरिरहेका छन् । कोभिड १९ को खतरनाक घटनाबाट समेत बचाउने र प्रभावकारी रहेको भन्दै गत वर्ष चीनले खोप कुटनीति अभियान शुरु गरेको थियो । त्यतिवेला यो खोप र अन्य खोपहरु संक्रमण रोक्न कति सफल हुन्छन् भन्ने यकिन गरिसक्ने अवस्था थिएन ।

अहले विश्वका थुप्रै मुलुकहरुले चिनिया खोप विशेष गरी नयाँ भेरियन्ट संक्रमण रोक्न प्रभावकारी नरहेको गुनासो गरिरहेका छन् । सरकारले आफ्ना जनतालाई कुन खोप दिए भन्ने कुरामा बिरामी निको हुने दर भर पर्दछ । सिसिलिज , चिली , बहराइन र मंगोलियामा ५० देखि ६८ प्रतिशत जनतालाई खोप दिइएको थियो ।

आवर वल्र्डले देखाएको तथ्यांक अनुसार सो संख्या अमेरिकाको भन्दा बढि रहेको छ । माथि उल्लेखित चारैवटा मुलुक भने अहिले विश्वकै सबैभन्दा कोभिड प्रभावित दस मुलुकको सुचिमा परेका छन् । त्यहाँका अधिकांश जनताले चियिा कम्पनी साइनोफार्म र साइनोभ्याक बोयोटेकले उत्पादन गरेका खोप लिएका छन् । युनिभर्सिटी अफ हंगकंगका भाइरस विशेषज्ञ जिन डाेंग्यानले यदि खोपहरु निकै प्रभाबकारी भएको यो स्थिती देख्नु नपर्ने तथा यसको जिम्मेवार चीन भएको विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्