सर्पले डसेर महिलाको मृत्यु



न्युज अफ नेपाल, धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित मुरलीभञ्ज्याङमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षिया एमलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा श्रेष्ठलाई सर्पले डसेको थियो । श्रेष्ठको धादिङ अस्पतलामा सामान्य उपचार गरि थप उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्