एसोएस अन्तर्राष्ट्रिय दिवसमा सम्मान : ‘बालबालिकाहरुको संरक्षणमा स्थानीय सरकार जिम्मेवार’- संविधानविद् आचार्य



मोतीराम तिमल्सिना, काभ्रे ।

एसओएसका संस्थापक प्रा.डा.हर्मन माईनरको १०२ औ जन्मजयन्ति तथा ३५ औं एसओएस अन्तराष्ट्रिय दिवसको अवसर पारी एसओएस बालग्रामलाई सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको छ । एसोएस दिवसको अवसर पारी एसओएस बालग्राम काभ्रेले जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । नेपालमा बाल अधिकारको सुनिश्चितताका विषयमा सविधानविद डा.भिमार्जुन आचार्यसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

बालग्राम निर्देशक सुरेन्द्र अम्गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानविद् डा. भिमार्जुन आचार्यले कानुनी साक्षरता र ब्यवहारमा तत्परता आवश्यक रहेको बताउनु भयो । ‘नेपालको संविधान बालबालिकाहरुको हकमा उत्कृष्ट रहेको छ । नेपालको संविधान बालबालिकाहरुको अधिकार प्राप्तीमा उत्कृष्ट दस्तावेज हो’– संविधानविद् डा. भिमार्जुन आचार्यले भन्नुभयो–‘संविधान र कानून उत्कृष्ट हुँदा हुँदै पनि कार्यान्वयन पक्ष कमजोर छ यसलाई सुधार्दै लैजानु पर्छ ।’

सविधानविद् डा. आचार्यले तीन तहका सरकार मध्ये स्थानीय सरकारलाई बालबालिकाहरुको संरक्षण र संरक्षकत्वका लागि धेरै अधिकार भएकाले ऐन, कानुन बनाएर उनिहरुको पक्षमा कार्य गर्नु जरुरी छ ।’ संविधानमा अनाथ बालबालिकाहरुका हकमा विषेश ब्यवस्था गरिएकाले त्यसका लागि विशेष ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । स्थानीय सरकार लोकतन्त्रको खम्बा भएकाले स्थानीय सरकार बलियो बनाउँदा बालबालिकाहरुको हकमा सम्बोधन हुने भएकाले सरकारले संविधान र कानुनको कार्यान्वयन गर्न सहकार्य र समन्वय बढाउन सुझाव दिनु भयो ।

एसओएस बालग्राम काभ्रेले एसओएस दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको थियो । योगि डा.विकासानन्दसँग मानसिक सु–स्वास्थ्य तथा पारिवारीक संस्कारका बारेमा अन्र्तक्रिया आयोजना गरेको थियो भने ‘जीवनका लागि शिक्षा’ विषयक अन्र्तक्रिया शिक्षासेवी दोर्जे गुरुङ्गसँग गरेको थियो । सबै अन्र्तक्रिया कार्यक्रममा एसओएस बालग्रामसँग सम्वन्धित सरोकारवाला ब्यक्तिहरु, बालग्राममा आवद्ध आमाहरु, युवालयका युवाहरु, बालग्रामका बालबालिकाहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

एसओएस दिवसको अवसर पारी वर्ष २०२० मा बालग्रामलाई विभिन्न तर्फबाट उत्कृष्ट योगदान पु¥याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको बालग्रामका निर्देशक सुरेन्द्र अम्गाईले जानकारी दिनु भयो । अभिभावक नभएकै कारण बालबालिकाहरु शिक्षा दिक्षाबाट बञ्चित हुनु नपरोस भन्ने अभियानका साथ एसओएस बालग्रामले काम गरिरहेको निर्देशक अम्गाईले बताउनु भयो । एसओएस बालग्रामले लामो समय देखि शशस्त्र द्वन्द्ध तथा विभिन्न कारण विपदमा परी अभिभावक विहिन बालबालिकाहरुलाई उद्धार गरी अभिभावकत्व प्रदान गर्दै आएको छ ।

एसओएस दिवसको सप्ताहब्यापी कार्यक्रमको समापनमा पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जारा, बालग्रामका नायव निर्देशक गंगा गुरुङ्ग, एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र आम्गाई, युवालय काभ्रेका विनोदमणी भट्टराई, विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्य, प्रतिक काफ्ले लगायतले एसओएस बालग्रामले समुदायमा पु¥याएको योगदानको बारेमा बताउनु भएको थियो । सोहि कार्यक्रममा सम्मानित हुने ब्यक्ति तथा संस्थाका तर्फबाट विभिन्न ब्यक्तिहरुले एसओएस बालग्रामले बालबालिकाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो ।

अभिभावक विहिन बालबालिकाहरुका लागि बाबुआमाको माया ममता सहितको शिक्षा दिक्षा उपलब्ध गराउँदै आएको एसओएस बालग्राम विश्वका १ सय ३६ देशमा कृयाशिल छ । नेपालमा १० वटा बालग्राम, १० वटा युवालय र ७ वटा विद्यालय मार्फत एसओएस बालग्रामले सेवा उपलब्ध गराउँदै आएको छ । समुदायमा रहेका बालबालिकाहरुको शिक्षामा पनि एसोएस बालग्रामले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्