ह्युम पाइप भित्र अड्किएका दुई बालकको मृत्यु



न्युज अफ नेपाल, दार्चुला ।

पौडी खेल्न खोलामा गएका दुई जना बालकको ह्युम पाइप भित्र अड्कीएर घट्ना स्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगड स्थित लास्कुखोलामा निर्माणाधिन अवस्थामा रहेको मोटरपुल नजिकै पौडी खेल्न गएका ब्याँस गाउँपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका–४ का १२ वर्षीय रमित कुँवरको ज्यान गएको हो ।

पौडी खेल्दै गरेको अवस्थामा ह्युम पाइप भित्र छिरेर अड्कीएको तथा भित्रै मृत्यु भएको प्रहरी निरिक्षक एवं सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । दार्चुला–तिंकर सडक अन्तर्गत लास्कुखोलामाा निर्माणाधीन मोटर पुलभित्र राखिएको ह्युम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु उहाले बताउनुभयो । ह्युम पाइप भित्र अड्कीएर मृत्यु भएका बालकको शवलाई जेसीभी प्रयोग गरेर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्