क्रोएसियालाई जित नै आवश्यक



नेपाल समाचारपत्र, काठमाडौं । 

युरोपका विभिन्न शहरमा जारी युरो कप २०२० मा विश्वकपमा राम्रो प्रदर्शन गरेको टिम क्रोएसियाको चमक फिका देखिएको छ । क्रोएसियाले गत रसियामा सम्पन्न २०१८ को विश्वकपमा दोस्रो स्थान हासिल गरेको थियो । तर, तीन वर्षपछि पुनः ठूलो फुटबल प्रतियोगिता खेल्न आउँदा भने टिमको प्रदर्शन निकै खस्किएको सबैले महसुस गरेका छन् ।

युरोकपअन्तर्गत् समूह डी मा रहेको क्रोएसिया नकआउट चरणमा पुग्न संघर्ष गरिरहेको छ । दुई खेल खेलिसकेको क्रोएसियासँग मात्र एक अंक छ । मंगलबार राति खेल्ने खेलमा टिमको समूहमा अन्तिम प्रतिस्पर्धा स्कटल्यान्डसँग हुनेछ । स्कटल्यान्डसँग पनि एक अंक रहेको छ । सो समूहमा रहेका अन्य टिम इङ्ग्ल्यान्ड र चेक रिपब्लिकले भने चार चार अंक जोडेका छन् । यी दुबै टिमबीच समूहमा अर्को खेल हुनेछ, जसको नतिजाले क्रोएसियालाई अर्को चरणमा पुग्न प्रभाव पार्नेछ ।

क्रोएसियाले आफ्नो खेलमा जित नै हासिल गरेपनि इङ्ग्ल्यान्ड र चेक रिपब्लिकको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । क्रोएसियाले जित हासिल गरेमा चार अंक हुनेछ तर, अर्को खेलमा इङ्ग्ल्यान्ड र चेकले बराबरी खेलिदिएमा क्रोएसिया तेस्रो स्थानमा रहनेछ । यो हिसाबले क्रोएसिया तेस्रो स्थानका टिममा शीर्ष चारमा स्थान हुन भाग्यकै कुरा हुन सक्नेछ ।यदि इङ्ग्ल्यान्ड र चेकको खेलमा एकले जित हासिल ग-यो भने क्रोएसियाले जितेको अवस्थामा पनि समूह चरणमा पुग्न भाग्यमै भर पर्नुपर्ने हुन्छ । अहिलेसम्म क्रोएसियाले इङ्ग्ल्यान्डसँग १–० ले हारेको र चेकसँग १–१ बराबरी खेलेको छ । गत विश्वकपमा क्रोएसियाका लुका मोडरिचले राम्रो खेलेका थिए । तर, यस युरो कपमा मोडरिचले सोचेजस्तो प्रदर्शन गरिरहेका छैनन् । यदि आज रातिको खेलमा उनको भूमिका महत्वपूर्ण हुनेछ ।
आजको खेलः
समूह डी- समयः १२ः४५ राति
इङ्ग्ल्यान्ड विरुद्ध चेक रिपब्लिक
क्रोएसिया विरुद्ध स्कटल्यान्ड

प्रतिक्रिया दिनुहोस्