डोटी जिल्ला अस्पताललाई २५ शय्या हस्तान्तरण



विमल विष्ट, डोटी ।

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई उपलब्ध गराइएको २५ श्यया आज सोमबार हस्तान्तरण गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न शय्या अभाब भएको खबर आएपछि निवर्तमानमन्त्री तथा (एमाले) नेता आलेको पहलमा उपलब्ध गराइएका ती शय्या जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो ।

स्व. मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालीले निर्वतमान मन्त्री आलेको आग्रहमा ती शय्याहरु उपलब्ध गराएको थियो । उक्त संस्थाले उपलब्ध गराएका श्ययाहरु कम्तिमा पनि रु ७ लाख ५० हजारका रहेका छन् । उक्त श्ययाहरु संस्थाका अध्यक्ष पिपी खेतानले निवर्तमान वन तथा वातावरणमन्त्री आलेलाई यहि असार १ गते ती श्ययाहरु हस्तान्तरण गर्नु भएको थियो । एमाले नेता आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानीटाइजर तथा औषधी बितरण गर्नु भएको थियो ।

निर्वतमानमन्त्री आलेका पहलमा जिल्ला अस्पतालमा २५ श्यया थप आएपछि यहाँका नागरिकहरुमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज भएकोे जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरीटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शय्याअपुग भएका कारण बिरामीको उपचारमा समस्या थियो, निवर्तमान मन्त्री ज्यूले पहल गरेर २५ श्यया आएका छन्, अब बिरामीलाई श्ययाका लागि सहज भएको छ ।” आफ्नो जिल्लाका नागरिकलाई कोरोना जोखिमबाट बचाउनका लागि निवर्तमानमन्त्री आलेले बिभिन्न निकाय तथा संघ संस्थासँग पहल गर्दै स्वास्थ्य सामग्रीको आपुर्ति गर्दै आउनु भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो ।

जिल्लाबासी हुन वा अन्य क्षेत्रका बिरामी परेका गरीब तथा बिपन्न नागरिकलाई समेत आलेले औषधी उपचारका लागि आर्थिक सहयोग समेत दिँदै आएनु भएको छ । यसै सिलसिलामा उहाँले गएको जेठ २६ गते माटोको ढिस्कोले पुरिएर दुबै खुट्टा भाचिएका कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि त्यहाँका राससकर्मी दाने बोहराको आग्रहमा रु १५ हजार प्रदान गर्नु भएको थियो । निवर्तमानमन्त्री तथा एमाले नेता आलेले हाल सम्म कम्तिमा पनि एक हजार भन्दा बढी बिपन्न तथा आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई आर्थिक सहयोग गरीसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्