राष्ट्रपति बाइडेनका कुकुर ‘च्याम्प’ को मृत्यु



वासिंगटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आफ्नो निकै प्रिय सेफर्ड प्रजातिको कुकुर ‘च्याम्प ’ मरेको खवर सार्वजनिक गरेका छन् । च्याम्पले बाइडेन दम्पतीसँग १३ वर्ष बिताएको थियो । राष्ट्रपति बाइडेनले टिव्टरमा लेखेका छन् , ‘हाम्रो परिवारले आज हाम्रो प्रिय सदस्य च्याम्पलाई गुमाउनु परेको छ । व्हाइट हाउसमा च्याम्प र अर्का सेफर्ड ‘ मेजर ’ बाइडेनसंग बस्दै आएका हुन् । बाइडेन उप राष्ट्रपति रहँदा पनि च्याम्प उनीसंगै वासिंगटनमा बसेको थियो ।

बाइडेन दम्पतिद्वारा जारी भएको समवेदना सन्देशमा भनिएको छ , ‘हाम्रो निकै सुखद र दुखद एवं संघर्षपूर्ण दिनहरुमा च्याम्प हामी साथ थियो । हाम्रा अवइक्त भावना प्रति समेत च्याम्प निकै संवेदनशिल थियो । हामी त्यो साना प्यारा बच्चालाई निकै माया गर्छौं । सदा उसको अनुपस्थितीको महशुस हुनेछ । विगत केहि महिना देखि उ निक कमजारे थियो । तैपनि हामीलाई देख्ना साथ ऊ जुरुक्क उठेर पुच्छर हलाउँथ्यो ।

आफ्नो कान वा पेट सुम्सुम्याउन लगाउन हामीसग टाँसिन आउँथ्यो । स्वस्थ अवस्थामा हामीलाई जहाँ गएपनि पछ्याउँथ्यो । ऊ नजिक हुँदा गजबको राहत र आनन्द महशुस गर्थ्याैँ। बाइडेनको उपराष्ट्रपति कालमा डेलावर स्थित उनको निवास पछाडीको चउरमा सानो छँदा च्याम्प दौडेर गल्फ बल टिप्न र बाइडेनका नातिहरुलाई समाउन पाउँदा निकै रमाउने गर्थ्यो । बाइडेनले सन् २०१८ देखि च्याम्प र मेजरलाई पाल्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्