नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले



न्युज अफ नेपाल, कास्की ।

गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । आईतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्त गरेको हो । ब्यास नगरपालिका ५, तनहुँ निवासी काफ्लेलाई गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उपाध्यक्षमा नियुक्त गरे सँगै आईतवार नै सपथ ग्रहण गराएका छन । का

फ्लेले अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनी यसअघि तनहुँकै आदिकवि भानुभक्त बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख, तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकको रुपमा समेत उनलेकाम गरेका छन्। उनी श्रम तथा रोजगार विज्ञको रुपमा समेत परिचित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्