घुससहित सहायक वन अधिकृत पक्राउ



सीताराम अधिकारी, धादिङ ।

धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । बन कार्यालयले समातेको काठको कुनै पनि कागजपत्र तयार नगरि घुस लिएको अख्तियारले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता, सह–सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्