३५ औ एसोएस अन्तराष्ट्रिय दिवस, जीवनका लागि शिक्षाका बारेमा अन्तर्क्रिया



मोतीराम तिमल्सिना, काभ्रे ।

एसोएस बालग्राम काभ्रे र एसओएस युवालय काभ्रेले ३५ औ एसोएस अन्तराष्ट्रिय दिवसको अवसर पारी ‘जीवनका लागि शिक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । भर्चुअल माध्यबाट संचालन गरिएको कार्यक्रममा जीवनमा शिक्षाको महत्व र त्यसको ब्यवहारीक प्रयोगका बारेमा छलफल भएको थियो ।

एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अम्गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी दोर्जे गुरुङ्गले शिक्षा प्राप्तीका समस्या, भोगाई र जीवनमा शिक्षाको महत्वका बारेमा जानकारी गराउनु भएको थियो । उपल्लो मुस्ताङ्गमा जन्मेर छात्रवृत्तिमा अमेरिका, बेलायत, इटली लगायतका मुलुकहरुमा अध्ययन गरी दोर्जे २५ बर्ष विभिन्न देशमा रहेर शिक्षा क्षेत्रमै योगदान पुर्‍याई नेपालमा शिक्षा क्षेत्रमा केहि गर्ने उदेश्य अनुरुप स्वदेश फकर्नु भएको छ । गरिवीका कारण शिक्षाबाट पछि परेको क्षेत्र र समुदायका लागि जातिय भेदभाव हटाउन, गरिवीबाट निस्कने प्रमुख बाटो शिक्षा भएको उहाँले बताउनु भयो । ‘शिक्षा जिन्दगीका लागि होईन, जिन्दगी शिक्षाका लागि पनि होईन तर शिक्षा जिन्दगी हो’–दोर्जेले भन्नुभयो–‘शिक्षा र ज्ञानसँगै अनुभव महत्वपूर्ण ज्ञान हो । अनुभव पैसा भन्दा मुल्यवान हुन्छ ।’

अन्तरक्रिया कार्यक्रममा दोर्जेलाई बालग्राममा रहेका बालबालिकाहरुले शिक्षालाई मानवतासँग कसरी जोडन् सकिन्छ ? जीवजन्तु र जनावारसँगको प्रेम र संरक्षणका बारेमा कसरी बुझाउन सकिन्छ ? भन्ने जिज्ञासा राख्नु भएको थियो । हरेक ब्यक्तिले म को हुँ ? कहाँबाट आएँ ? कहाँ जाँदैछु ? भन्ने प्रश्न पटक पटक सोध्नु पर्ने दोर्जेले बताउनु भयो । संसारका मान्छेहरु, आफ्नै विषय र जीवजन्तु र जनावारका बारेमा विदेशमा बुझ्ने अवसर पाएको बताउँदै दोर्जेले हरेक ब्यक्तिले जन्मेर के गर्ने ? नयाँ खोज र अनुसन्धान के गर्न सकिन्छ ? आफ्नो अवस्थालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने जान्न र बुझ्न आवश्यक रहेको बताउनु भयो । बालबालिकाहरुलाई अध्ययनसँगै अनुभव आवश्यक रहेको उहाँले बताउनु भयो । बालबालिकाहरुलाई भाषा भाषी, संस्कृति, समुदाय, राष्ट्र र मातृभूमिका बारेमा कक्षाहरुमै जानकारी गराउनु पर्ने बताउनु भयो ।

अभिभावक विहिन बालबालिकाहरुका लागि बाबुआमाको माया ममता सहितको शिक्षा दिक्षा उपलब्ध गराउँदै आएको एसओएस बालग्राम विश्वका १ सय ३५ देशमा कृयाशिल छ । नेपालमा १० वटा बालग्राम, १० वटा युवालय र ७ वटा विद्यालय मार्फत एसओएस बालग्रामले सेवा उपलब्ध गराउँदै आएको छ । समुदायमा रहेका बालबालिकाहरुको शिक्षामा पनि एसोएस बालग्रामले सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बालग्रामका नायक निर्देशक गंगा गुरुङ्ग, एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र आम्गाई, युवालय काभ्रेका विनोदमणी भट्टराई, नरेशशंकर प्रधानाङ्गले एसओएस बालग्रामले समुदायमा पु¥याएको योगदानको बारेमा बताउनु भएको थियो ।

सहभागि बालग्रामका सत्यनारायण महर्जन, पुजा थापाले दोर्जे गुरुङ्गले शिक्षाका बारेमा सुनाउनु भएको अनुभवले जीवनमा हरेक ब्यक्तिले केहि गर्न सकिन्छ भन्ने प्रेरणा दिएको बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा विभिन्न देशमा रहेका बालग्रामसँग सम्वन्धित ब्यक्तिहरु, नेपालका बालग्रामका निर्देशकहरु, प्रिन्सिपलहरु, आमाहरु, युवा तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । एसओएस बालग्रामले ३५ औ एसओएस अन्र्तराष्ट्रिय दिवसको अवसर पारी सोमबार मानसिक सु–स्वास्थ्य तथा पारिवारीक संस्कारका बारेमा डा. योगि विकासानन्दसँग अन्र्तक्रिया आयोजना गरेको छ भने बुधबार नेपालमा बाल अधिकारको सुनिश्चितताका विषयमा सविधानविद डा.भिमार्जुन आचार्यसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको युवालय काभ्रेका विनोदमणी भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्