सेती नदीमा बेवारिसे शव भेटियो



विमल विष्ट, डोटी ।

डोटीको शिखर नगरपालिका–६ अणिउल स्थित सेती नदीमा एक बेवारिसे शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दानबहादुर मल्लले सेती नदीमा शव तैरिइ रहेको भन्ने खबर पाएपछि उक्त क्षेत्रमा प्रहरी टोली खटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेवारिसे सव तैरिइरहेको खबर पाएपछि हाम्रो टोली त्यसतर्फ गएको छ, कालगतीले मृत्यु भएर नदीछेउमा गाडेको शव हो वा बाढीपहिराले बगाएको सव हो, त्यसपछि मात्रै भन्न सकिन्छ ।”

जिल्ला प्रहरी कार्यालयमा मान्छे हराएको अथवा बेपत्ता भएको खबर हाल सम्म प्राप्त नभएकाले उक्त सव सेती नदी छेउमा कालगतिले मरेर गाडेको हुन सक्ने र अहिले बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको शव हो छुट्टयाउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्