आठ इन्च लामो परेला भएकी महिला



बेइजिङ, (एजेन्सी) । 

आफ्ना परेलाकोे लम्बाइ आठ इन्च पु-याएर एक जना चिनियाँ महिलाले आफैंले कायम राखेको गिनिज वल्र्ड रेकर्ड तोड्न सफल भएकी छन् । आफ्ना परेलाको लम्बाइ ४ दशमलव ८८ इन्च बनाएर ‘यु जियानसिया’ नामक ती महिलाले सन् २०१६ को जुनमा पहिलो कीर्तिमान खडा गरेकी थिइन् ।

तर, अझैसम्म पनि कुनै पनि चिकित्सकले उनका परेला मात्र किन यति लामो भएको भन्ने रहस्य बुझ्न सकेका छैनन् । जियानसियाले गिनिज वल्र्ड रेकर्ड्सलाई भनेकी छिन्– ‘सन् २०१५ मा पहिलोपटक मैले मेरा परेलाहरू अप्रत्यासित ढंगले बढ्न थालेको महसुस गरें । मैले डाक्टरहरूलाई देखाएँ ।

तर, तिनीहरूले समस्याको कारण र समाधानका उपाय पत्ता लगाउन सकेनन् । आश्चर्य मान्नु शिवाय मैले पनि केही गर्न सकिनँ । कतै मेरै परिवारको आनुवंशिक कारणले त त्यस्तो भएको हैन भनेर सोधखोज गरेँ । त्यस्तो कुनै प्रमाण फेला पार्न सकिनँ ।’उनको बायाँ आँखाको माथिल्लो भागको परेली सबैभन्दा लामो अर्थात् आठ इन्चको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्