बझाङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, भिरबाट लडेर एक बेपत्ता



ललित सिंह, बझाङ ।

बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । रजाडामा धारामा पानि भर्दै गर्दा शुक्रबार जमिन भासिएर पहिरो जाँदा पहिरोमा पुरिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईको ज्यान गएको हो । पानि भर्न गएकी दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसे पछी पहिरोमा पुरिएर घटनास्थलमै दमाईको ज्यान गएको हो । प्रहरीचौकी मेलविसौनाबाट घटनास्थलमा प्रहरीको टोली पठाएर दमाईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारीरहेको छ । पानिका कारण शुक्रबार ल्याउन नसकिएकाले शनिबार विहान ल्याउने तयारी रहेको समेत खड्काले बताउनुभयो ।”

मलामीबाट फर्कने क्रममा भिरबाट लडेर एक जना बेपत्ता

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाका एक जना पुरुष भिरबाट लडेर बेपत्ता भएका छन । दुर्गाथली गाउपालिका वडा नम्बर ३ का ४० बर्षका मीन बहादुर धामी धउलावन भिर बाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । आसाढ ३ गते बेलुका ६ बजे जेठाबुबा राम बहादुर धामीको मलामीबाट घर फर्कीने क्रममा भिरबाट लडेको र अहिले सम्म भेटाउन नसकीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भिरवाट लडेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्