पहिरोले डोजर पुर्दा २ बेपत्ता



धादिङ ।

उत्तरीधादिको सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् । धादिङबेसी तिप्लिङ सडक अन्तरगत आदा खोलामा डोजर पहिरोले पुरेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकोले खोजि कार्य भइरहेको छ ।

पानीपरेर खोलामा बाढी आउँदा समेत काम गरिरहेको थियो । माथीबाट बाढीर पहिरो आएर डोजर पुरेर उनिहरु हराएको गाउँबासीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्