‘बर्गर हाउस’ टिमद्वारा मेलम्चीका बाढी पीडितलाई ११ लाखको खाद्यान्न सहयोग



मोतीराम तिमल्सिना, काभ्रे ।

बर्गर हाउस टिमले मेलम्ची बाढी पीडितलाइ एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री सहयोग उपलब्ध गराएको छ । अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गएको बाढी पहिरोले ठुलो भौतिक र मानबिय क्षती पुगेको छ ।

मेलम्ची बजारको सयौ घरहरु डुबानमा परेको छ भने त्यस आसपासका हेलम्बु चनौटे तिर पनि असर पुर्‍याएको छ । प्राकृतिक बिपत्तिले घरवार विहीन हुनुका साथै त्यस क्षेत्रमा खान, बस्न, लत्ताकपडा र स्वास्थ्य सामाग्रीको अभाव महसुस गर्दै प्राकृतिक प्रकोपको पिडामा रहेकाहरुको दुःख बेदना प्रती सहानुभूति प्रदान गर्न राहत स्वरुप ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ का संस्थापक वसन्त लामाको संयोजन तथा नेतृत्वमा एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मेलम्चीका स्थानीयबासीलाई हस्तान्तरण गरिएको अभियानका संयोजक तथा द बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिएका छन् ।

दोश्रो चरणमा ५/६ लाख बराबरको राहत सामग्री शनिबार हेलम्बुमा रहेका पीडितहरुको लागि हस्तान्तरण गर्ने संस्थापक लामाले बताउनु भयो । बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै फेसबुक पेजबाट सहयोगको अभियान चलाएको अभियानलाई धेरै सहयोगी व्यक्तिहरुले साथ दिनु भएकोमा सहयोगदाताहरु प्रति लामाले आभार प्रकट गर्नु भएको थियो । लामाको नेतृत्वमा ३ सय बोरा चामाल, ७० वटा ग्यास, २ सय किलोग्राम नुन, २ सय लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड, पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ । सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यस अघि पनि विभिन्न समस्या र अफ्ठ्यारोमा परेका धेरै व्यक्ति तथा संघ संस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ । मेलम्चीमा अहिले सहयोग पुर्‍याउने क्रम धमाधम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्