आ-आफ्नो स्थानबाट सहयोग गरौँ: वर्षा शिवाकोटी



प्राकृतिक विपत्ति व्यहोर्ने सवालमा सधैं सिन्धुपाल्चोक अग्रपंक्तिमा पर्दै आएको छ। भूकम्प होस् वा बाढी पहिरो होस्, सिन्धुपाल्चोकका जनताले सधैं पीडित बन्नुपरेको छ। यतिखेर सिन्धुपाल्चोकबासी जनताका निम्ति आ–आफ्नो स्थानबाट सहयोग गरौँ, कोरोनाका बीचमा त्यहाँका जनताको निम्ति हामीले सहयोग जुटाउन सक्छौं। यो पीडामा मल्हम लगाउन सक्छौँ।

विपत्तिको पीडा भोग्दै आएको यो जिल्लालाई सरकारले समयमै उचित ध्यान नदिएर पो यस्तो भएको हो कि, बाढी पहिरो जान थालेपछि मात्र विपद व्यवस्थापन, दैबी प्रकोप उद्धार समिति देखिन थाल्ने भएर हो? यो प्रश्न अहिले उठेको छ। सहानुभूतिका निम्ति एउटा विज्ञप्ति जारी गरेपछि राजनीतिक दलको भूमिका सकिन्छ जस्तो ठानिएको छ। प्रकृति दोहनका कारण विपत्ति भयावह भएको देखिन्छ, यो समयमा हामी सबैले हातेमालो गरेर अगाडि बढौं।

प्रतिक्रिया दिनुहोस्