कलाकर्मीको पहलमा कतै नगद कतै राहत



नेपाल चलचित्र नृत्य संघले अमेरिका जापान र स्कटल्यान्डका नृत्य प्रेमीहरुले पठाएको सहयोग ७० जना नृत्य कलाकारहरुलाई वितरण गरेको छ। संघले राहत वितरण कार्यक्रम आयोजना गरी निषेधाज्ञाका कारण समस्यामा परेका कोरस डान्सर तथा कलाकारहरुलाई सहयोग वितरण गरेको हो।

नृत्य निर्देशक श्याम खड्गीको पहलमा पहिले नेपाली नृत्य विधामा आबद्ध तथा हाल अमेरिका जापान र स्कटल्यान्डमा बसोबास गर्नेहरुले सहयोग पठाएको नृत्य निर्देशक राजु शाहले बताए। गत वर्षदेखि नै लकडाउनका कारण काम बन्द भए पनि आफूहरुको पहलमा नृत्य कलाकारहरुको खाद्यान्नको समस्या हल गर्न सकिएको राजु बताउँछन्। निषेधाज्ञापछि आधाभन्दा बढी डान्सर गाउँ जानुभएको रहेछ। काठमाडौंमै हुनुभएका डान्सरहरुको काम बन्द भए पनि विभिन्न ठाउँमा पहल गरेर खाद्यान्न चाहिँ पु-याएका छौँ। पोहोरको तुलनामा यस पटक धेरैलाई राहत पुगेको छ। कुनै डान्सरको परिवारमा त ११ जनासम्म सदस्य रहेको पायौं। ठूलो परिवार भएका डान्सरलाई विशेष प्राथमिकता दिएर राहत वितरण गरेका छौँ उनले भने। यसभन्दा अघि पनि निर्देशक दीपाश्री निरौला तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको पहलमा एक सयजना नृत्य कलाकारलाई राहत वितरण गरिएको र अस्टझेलियाबाट नायक शुशान्त कार्कीले अन्य विभिन्न संस्थासहित नृत्य संघलाई पनि २० हजार रुपियाँ सहयोग पठाएको तथा केही दिनमा वितरण गरिने शाहले बताए।

त्यस्तै, अभिनेता, गायक तथा क्याप्टेन विजय लामाले आफ्नो संस्था न्यानोपन नेपालमार्फत सिन्धुपाल्चोक खाडीचौर आसपासका निम्नवर्गीय परिवारलाई ५ सय ६० बोरा चामल, नुन तेलसहितका खाद्यान्न सामग्री र मास्कलगायतका स्वास्थ्य सामग्री वितरण गरेका छन्। उनले ५ सय घरधुरीलाई करिब एक महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेका हुन्। लामाले केही दिनअघि बुढानीलकण्ठको १ सय ५० घरपरिवारलाई दाल, चामल, नुन तेल बिस्कुटलगायत एक परिवारलाई करिब २८ सय बराबरको राहत प्याकेज वितरण गरेका थिए भने गोर्खा जिल्लामा पनि स्वास्थ्य सामग्री वितरण गरेका थिए।त्यसैगरी, अभिनेता तथा निर्देशक कृष्ण मल्लले निषेधाज्ञाका क्रममा व्यक्तिगतरुपमा शुरु गरेको सहयोगले अहिले अभियानको रुप लिन पुगेको छ। कृष्णले आफू अध्यक्ष रहेको नेपाल फिल्म सोसाइटीमार्फत विभिन्न व्यक्ति र परिवारलाई दाल, चामल नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुका साथै विपन्न बिरामीलाई रकमसमेत सहयोग गरेका छन्।

शुरुमा व्यक्तिगत रुपमा सहायोग वितरण गरेको थिएँ, पछि नेपाल फिल्म सोसाइटी अमेरिका च्याप्टरका अध्यक्ष नवराज श्रेष्ठले हामी पनि छौँ तपाईंको कार्यमा साथ दिन। सबै मिलेर सहयोग गरौं भन्दै सोसाइटीका सदस्य लगायतसँग उठाएर २ लाख दुई हजार पठाउनु भएपछि म यो कार्यमा हौसिएँ। बीचमा आफैँलाई कोभिड संक्रमण भएकाले घरमा थलिएको थिएँ। हाम्रो संयोजक तथा पत्रकार सूर्य चन्दमार्फत समन्वयन गरेर आवश्यकता परेका व्यक्तिलाई सहयोग पठाउन थालियो। त्यसपछि नेपाल फिल्म सोसाइटी युके च्याप्टरक अध्यक्ष जानकी पन्त १ लाख १० हजार रुपियाँ सहयोग पठाउँछाै भनेर जोडिएपछि यो अभियान निरन्तरता पाइरहेको छु मल्ले जानकारी गराए ञएकपछि अर्को गर्दै सहयोग आइने क्रममा सोसाइटीका कार्यकारी सदस्य रवि थापाले युकेबाट ५० हजार, हङकङबाट समाजसेव आकाश बन्जराले ५० हजार, अमेरिकाबाट मञ्जु पाण्डेले ३० हजार, सिड्नीबाट कलाकार चिरञ्जीवी खरेलले १३ हजार तथा केही संस्थामार्फत सहयोग रकम आइरहेको छ।

मल्लको नेतृत्वमा हालसम्म २ सय घर परिवारलाई राहत वितरण गर्नुका साथै बिरामी तथा आर्थिक अवस्था निकै कमजोर भएका परिवार तथा व्यक्तिलाई रकमसमेत सहयोग गरिँदै आएको छ। सोही क्रममा दुर्घटनाबाट गम्भीर घाइते भएर नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको सहयोगार्थ फिल्म सोसाइटीमार्फत १० हजार र अन्य संस्था तथा व्यक्तिमार्फत गरी २५ हजार रुपियाँ निशाको परिवारलाई हस्तान्तरण गर्नुका साथै क्यान्सरपीडित विना लामालाई १० हजार, मृगौला रोगपीडित एक सवारीचालकलाई ५ हजार नगदसहित चामल दाल, नुन तेलजस्ता खाद्यान्न, फोक्सोका बिरामी राकेश योगीलाई २० हजारसहित खाद्यान्न, ललितपुरस्थित स्नेही काखलाई १० हजार, वीर अस्पतालका असहाय बिरामीका लागि निःशुल्क औषधि वितरण गरिरहेको र विकासका लागि एकता नामक संस्थालाई १० हजारलगायत अन्य व्यक्ति तथा संस्थालाई सहयोग प्रदान गरिएको मल्लले जानकारी गराए।अभियानकै क्रममा राजधानीको रातोपुल, बौद्ध, जोरपाटी, महांकाल, सितापाइलालगायतका स्थानका सुकुम्बासी, चेपाध्र परिवार तथा एकल, बिरामी श्रमिकहरु गरी करिब ५० परिवारलाई नगदसहित खाद्यान्न वितरण गरिएको उनले बताए।

सहयोग वितरणका क्रममा मानिसहरुको स्थिति निकै दयनीय पाएको उनले प्रष्ट्याए। आफैं कोभिडबाट संक्रमित भएका कारण म धेरै स्थानमा सहभागी हुन सकिाँ। जति ठाउँमा पुगेँ, मानिसहरुको स्थिति निकै दयनीय भएको पाएँ। हामी रातोपुलमा श्रीमती र एक बच्चासहित बस्ने ट्याक्सी चालक कान्छाराम तामाङकोमा सहयोग लिएर गयौं। लकडाउनको कारण काम बन्द भएर उनलाई सामान्य गुजारा गर्न समेत गाह्रो थियो। झन् सुगरका कारण दुवै मृगौला फेल भएको र एउटा आँखा नदेख्ने तथा अर्को आँखा कमजोर भएको रहेछ। त्यसमाथि उहाँ भर्खरै मात्र अक्सिजन कम भएर ४ दिन अस्पताल बसाइपछि फर्किनुभएको रहेछु मल्लले सुनाए ञहामीले ५ हजार रुपियाँ र एक बोरा चामल हस्तान्तरण गर्यौं। उहाँलाई थप सहयोगको अत्यन्तै जरुरी छ। त्यस्तै, जोरपाटी नयाँ बस्तीस्थित सुकुम्बासी टोलका १५ परिवारलाई राहत वितरणमा म आफैं गएँ। त्यहाँ पनि ठेला गाडा चलाएर पेट पाल्ने परिवार बढी रहेछन्। यस्ता वर्गलाई पनि यो बेला हातमुख जोर्न समस्या रहेको पाएँ।

सहयोगकै क्रममा फिल्म सोसाइटीले उपत्यका बाहिर पनि सहयोग पठाएको छ। केही समयअघि सिन्धुपाल्चोकको भिरकुना तथा काभ्रेको लाकुरी डाँडाका विपन्न वर्गलाई खाद्यान्न पठाएको सोसाइटीले सिन्धुपाल्चोक चौतारा कप्तान पाटी वडा न ५ का कपाली समुदायले राहतको माग गरेपछि हाम्रो टिम नेपालकी ईशा गुरुङको २० हजार सहयोगमा दाल चामल लगायतका सामग्री पठाएको थियो। आफूले भनेर हुने विभिन्न स्थानमा फोनबाट कुरा गरेर पनि सहजीकरण गरिरहेको कृष्ण बताउँछन्।नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य कलाकार संघमा आबद्ध विभिन्न व्यक्तिलाई सहयोग गरेको सोसाइटीले कलाकार संघलाई २० हजार रुपैयाँ प्रदान गर्न लागेको र लक डाउन नखुलेसम्म सहयोग जारी राख्ने मल्लले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्