भुवन चन्द अब ज्येष्ठ नागरिक



नेपाली फिल्म जगत्की प्रथम अभिनेत्री भुवन चन्द थापाले आइतबार परेको जन्मदिन विभिन्न सामाजिक सञ्जाल तथा फोनबाट आएको आफ्ना आफन्तहरुको शुभकामनाको खुसी साटेर मनाइन्। हरेक जन्मदिनको अवसरमा घरमा सत्यनारायणको पूजा राख्ने गरेकी भुवनले यसपटक भने निषेधाज्ञाका कारण पूजा लगाउन पाइनन्।

सानो बेला त बुवा मुवाहरुले संकटा महाकालजस्ता मन्दिर लगिदिनुहुन्थ्यो, एक जोर नयाँ लुगा फेरिदिने गर्नुहुन्थ्यो। हाम्रो बेलामा जन्मदिन मनाउने भन्ने चलन थिएन। पछि भएपछिसधैं जन्मदिन पारेर असार एक गते सत्यनारायणको पूजा लगाउँथें। यसपटक मात्र रोकिएको हो। यस्तो अवस्थामा पूजा लाउन ठीक होइन भनेर लगाइनु भुवनले भनिन्। आफ्नै सञ्चारकर्मी पति माइकल चन्दबाट सु–स्वास्थ्य र दीर्घायुको कामनासहित पहिलो शुभकामना प्राप्त गरेकी भुवनलाई विदेशमा रहेका छोरीहरुले शुभकामना दिएका थिए। ञश्रीमान् र छोरीहरुले त अघिल्लो दिन बेलुकै शुभकामना दिएका थिए।

तर, बिहानै उठेर पनि उहाँहरुकै पहिलो शुभकामना पाएँ। त्यसपछि वसुन्धरा भुसाल र उनको परिवारले नै फोन बाट शुभकामना दिनुभयो भुवनले सुनाइन्, यस्तो बेला छ भनेर मैले कसैलाई बोलाएको थिइनँ। तर, पनि मेरो टोलका बहिनीहरु मीना मास्के, भवानी पण्डित, गीता श्रेष्ठलगायत बहिनीहरु तथा आस्था कला केन्द्रको रमेश थापालगायतले फलफूल अण्डाहरु लिएर घरमै आएर शुभकामना दिनुभयो। जन्मदिनको बेला श्रीमान् तथा छोराछोरीबाट उपहार पाउने गरेकी भुवन माया र आशिर्वादको अगाडि उपहारले खासै महत्व नराख्ने बताउँछिन्। मेरा बच्चाहरुले केही किन्नु, घुम्न जानू भनेर ५०-६० हजार रुपियाँ उपहारको रुपमा पठाउने गर्थे। श्रीमान्ले पनि जन्मदिनको अवसर पारेर केही किन कुनै काम शुरुआत गर भनेर एक डेढ लाख दिने गर्नुहुन्छ। तर, दियो भने राम्रो र नदिए नराम्रो भन्ने हुँदैन सबैभन्दा ठूलो कुरा त उहाँहरुको माया नै हो भुवनको भनाइ छ।

आफू यस वर्षबाट जेष्ठ नागरिक भएको बताउने भुवन उमेर बढ्दै गएकोमा चिन्ता नलागे पनि कता कता अब पछि के होला भन्ने सोच आउने गरेको बताउँछिन्। ञकर्ममा लेखेको कुरा त भइहाल्छ। त्यसैले, त्यत्रो पिर त लाग्दैन। तर मेरो घरमा ४ ओटा कुकुर छन्। कुनै १८ कुनै १९ वर्षको भयो। मैले आफ्ना छोराछोरी जस्तै गरी खानेकुरा पकाएर आप्mनै हातमा राखेर खुवाउने गर्छु। कुनैले आँखा देख्दैनन्, कुनैले कान सुन्दैनन्, म उनीहरुको स्याहार गरिरहेको छु। उनीहरुको अवस्था देख्दा उमेर ढल्कँदै जाँँदा के होला श्रीमान् श्रीमती मात्र छौँ बालबच्चा बाहिर छन् के होला जस्तो मन सोच आउँछ, तर त्यो भन्दैमा पिरचाहिँ लिएर बस्दिनँ। किनभने भोलि के होला कसैलाई थाहा हुन्नु भुवन भन्छिन्।

प्रतिक्रिया दिनुहोस्