पर्सामा सक्रिय संक्रमितको संख्या घट्दै, अस्पतालमा शैया खाली हुँदै



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा सकृय संक्रमतिको संख्या घटेसँगै अस्पतालहरुमा शैया खाली हुँदै गएका छन् । पर्सामा आज जेठ ३१ गतेसम्म जम्मा एक सय १० जना मात्रै सकृय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाउको छ । बैशाख अन्तिम साता एक हजार पाँच सय सकृय संक्रमित रहेकोमा एक महिनाको अवधिमा सकृय संक्रमितको संख्यामा उलेख्य कमी आएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

उहाँले नारायणी अस्पतालमा पनि पछिल्ला दिनमा पिसिआर परिक्षण गराउन आउनेहरुको संख्यामा कमी आएको जानकारी दिनुभयो । सोमबार मात्रै ९६ जनाको पिसिआर परिक्षण गर्दा पर्सामा जम्मा १५ जनामा संक्रमण पुष्टी भएको थियो । संक्रमित घटेसँगै अस्पतालहरुमा पनि कोभिडको चाप घटेको छ । अहिले वीरगन्जका बिभिन्न अस्पतालहरुमा जम्मा ४० जना मात्रै कोरोनाका संक्रमितहरु उपचाररत रहेको र अन्य भने होम आइसोलेनमा रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्जका बिभिन्न अस्पतालमा गरेर ५ सय शैयाहरु खाली नै रहेका छन् । वीरगन्जका बिभिन्न अस्पतालमा गरेर जम्मा ५ जना कोभिडका बिरामी मात्रै हाल भेन्टीलेटरमा रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्