विद्यार्थीले प्रधानाध्यापकलाई ३० घन्टा बन्धक बनाए



बेइजिङ, (एजेन्सी) । 

चीनको एउटा विद्यालयका प्रदर्शनरत विद्यार्थीहरूले आफ्नो डिग्रीको अवमूल्यन हुने डरले विद्यालयका प्रधानाध्यापकलाई नै बन्धक बनाएको चिनियाँ प्रहरीले जनाएको छ । जियाङ्सु प्रान्तको नानजिङ कलेजलाई व्यावसायिक प्रतिष्ठानमा परिवर्तन गर्ने योजनालाई लिएर विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रेका थिए ।

व्यावसायिक प्रतिष्ठानमा परिवर्तन गरिँदा विद्यालयको गरिमा र प्रतिष्ठामा अलि कमि आउने बताइएको छ ।विरोध प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रयोग गर्दा केही विद्यार्थी घाइते हुन पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । चीनमा भएको यस अनियन्त्रित विरोध ठूलो भीडको प्रदर्शनलाई राजनीतिक विश्लेषकहरूले दुर्लभ घटनाको रूपमा हेरेका छन् ।दान्याँग नगर प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ– ‘जियाङ्सु प्रान्तको नानजिङ नर्मल युनिभर्सिटीको झोंग्वेई कलेजमा भेला भएका विद्यार्थीहरूले आइतबार ५५ वर्षीय प्रधानाध्यापकलाई ३० घन्टासम्म बन्धक बनाएका थिए ।

अपशब्द बोलेर चिच्याउँदै विद्यार्थीहरूले सुरक्षाकर्मीहरूलाई छेकेका थिए । स्थानीय प्रशासनले परिवर्तनको योजना रोकिएको घोषणा गर्दा पनि तिनीहरूले प्रधानाध्यापकलाई मुक्त गर्न अस्वीकार गरेका थिए । ट्विटर र माइक्रोब्लोगिङ प्लेटफर्म वेइबोले यस विरोध प्रदर्शनका विभिन्न तस्वीर, भिडियो र खबरहरू अपलोड गरेका थिए ।प्रधानाध्यापक बन्देज प्रकरणलगत्तै नान्जिङका ६ वटै कलेजले गत मार्चमा घोषित कलेजको स्वरूप परिवर्तन गर्ने योजना फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्