आनन्दको गीतको चर्चा पाकिस्तानमा



गायक आनन्द कार्की र गायिका मिलन नेवाले एक समारोहमा गाएको जनम जनम जिउँला सँगै बोलको गीत नेपालीमाझ अत्यन्त लोकप्रिय छ। हरेक वर्गका संगीतप्रेमीले मन पराएको यो गीतको चर्चा विदेशमा समेत चुलिएको छ।

यो लोकप्रिय गीतलाई लिएर पाकिस्तानी युट्युबर सुमनले रियाक्सन भिडियो निर्माण गरेकी छिन्। गायक कार्कीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतको भिडियोमाथि पाकिस्तानी युवतीले रियाक्सन भिडियो बनाएकी हुन्। उक्त गीत अत्यन्त सुमधुर भएको र आफूलाई अत्यन्तै मन परेको उनले भिडियोमा बताएकी छिन्। धेरै मानिसहरुले भरिएको समारोहमा गायक गायिकाले जनम जनम गीत निकै मीठो तरिकाले प्रस्तुत गरेका छन् साढे सात मिनेट लामो भिडियोमा गीतबारे उनले भनेकी छिन्।

भिडियोको क्रममा उनी गीतमा झुमिरहेको देखिन्छिन्। ञयो कुन इभेन्टमा गाइएको गीत हो मलाई थाहा छैन, तर यहाँ विदेशी व्यक्तिदेखि लिएर नेपालका ठूला मानिसको उपस्थिति रहेको छु उनले भनेकी छिन्। सुमनले भिडियोको अन्त्यतिर उक्त गीत गुनगुनाउँदै ञअब त मलाई पनि गीत गाउन आयोु भनेकी छिन्। भिडियोमा उनले गायक गायिका र उनीहरुको स्वर तथा संगीत निकै मन परेको बताएकी छिन्। फिल्म लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माद्वारा निर्देशित फिल्म वर पिपलमा समावेश उक्त गीतमा संगीत शम्भुजित बासकोटा, शब्द लक्ष्मीनाथ शर्मा तथा स्वर आनन्द कार्की र सुनीता सुब्बाको रहेको छ।

गीतमा नायक स्व. श्रीकृष्ण श्रेष्ठ र नायिका पूजा चन्दले अभिनय गरेका थिए। सुमनले भिडियोमा सो जानकारी पनि प्रस्तुत गरेकी छिन्। उनले गीतलाई भ्वाइस अफ नेपालु भन्दै केही गीत अगाडि सो गीत सुनेको चर्चा गरेकी छिन्। गायक कार्कीको स्वरको चर्चा भारत र सिंगापुरमा पनि हुने गरेको छ। उनी आफ्नो गायन प्रस्तुतिका क्रममा धेरैजसो भारत र सिंगापुरमा पुगिरहेका भेटिन्छन्।

प्रतिक्रिया दिनुहोस्