२४ घण्टामा थप ४६ संक्रमितको मृत्यु, २४०७ मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको छ भने ३९९४ जना संक्रमणमुक्त भएका छन् ।

पीसीआरबाट १ हजार ६९४ जना र एन्टिजेनबाट ७१३ जना गरी २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्