साहसी किशोरीको भालुसँग भिडन्त



लसएन्जेल्स, (एजेन्सी)

अमेरिकाको क्यालिफोनिर्यामा एक सत्र वर्षिया किशोरीले साहसपूर्वक एउटा भालुलाई आफ्नो घरको पर्खालबाट फालेको भिडियो सार्वजनिक भएको छ । भालुले आफ्ना कुकुरहरूलाई झम्टिन खोज्दा हेली मोर्निको नामक ती किशोरीले यत्रो साहस देखाएको एनबीसी न्युजले जनाएको छ । मोरिनीको भन्छिन्– ‘भालुले साना छाउरोलाई समाएको थियो । मैले जसरी भए पनि त्यसको रक्षा गर्नु थियो । ’

भिडियो फुटेजमा लस एन्जेल्सको पूर्वमा पर्ने सान ग्याब्रियल माउन्टेनको फेदमा रहेको ब्रायडबुरीस्थित उनको घरको पर्खालमा आफ्ना दुईवटा बच्चासँगै हिँडिरहेका कालो भालुलाई दौडेर चारवटा कुकुरले भुक्न थालेको पनि देखिन्छ ।मार्निकोले टिकटक भिडियोमा बताएकी छन् – ‘मैले मेरा कुकुरहरू खतरामा परेको देख्नासाथ दौडेर गएँ । भालुको आँखामा हेर्दै उसलाई पर्खाल बाहिर ठेलें । इमानदारिताका साथ भन्ने हो भने मैले निकै बल प्रयोग गरेर बेस्सरी ठेलेको पनि थिइन ।

तर, जे होस् उसले सन्तुलन गुमायो र ऊ पर्खालबाट खस्यो । तर, सबैलाई मैले गरे जस्तै नगर्न पनि अनुरोध गर्दछु । त्यसो गर्दा दुष्परिणाम पनि त निस्कन सक्छ ।’यस घटनामा उनी हल्का घाइते भएकी छन् । उनको औंला मर्किनुका साथै घुँडा पर्खालमा बजारिन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्