दीपाश्रीले बाँडिन् मायाले राहत



कोरोना महामारीका कारण गत वर्ष भएको निषेधाज्ञादेखि नै ठप्प भएको फिल्म क्षेत्र निषेधाज्ञा खुलेपछि पनि सुचारु हुन सकेन। यहीबीच, कोरोनाको दोस्रो लहरको महामारीसँगै डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण फिल्म क्षेत्रमा आबद्ध कैयौं प्राविधिक तथा कलाकार दैनिक जीवन गुजारा गर्न थप अप्ठेरो स्थिति सामना गरिरहेका छन्।

उनीहरुका लागि बेलाबखतमा कलाकार तथा फिल्म क्षेत्र आबद्ध संघ संस्थाहरुमार्फत सहयोग उठिरहेका हुन्छन् भने फिल्मकर्मी तथा विभिन्न व्यक्तिको सक्रियतामा सहयोगमा जुट्ने क्रम जारी छ। यहीबीच निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौलाको सह कार्यमा निर्मल शर्मा, जितु नेपाल, जनक धामी तथा अमेरिका निवासी हेम थापा सम्बद्ध हेम एन्ड माया फाउन्डेसनको सहकार्यमा बिहीबार ५० जना र शुक्रबार ५० जना गरी कुल एक सय जना नृत्य कलाकारलाई एक बोरा चामल, दाल, नुन, तेल साबुनलगायतका दैनिक जीवनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको छ। ञअमेरिकामा बस्नुहुने हेमा थापा र उहाँको हेम एन्ड माया फाउन्डेसनबाट र अन्य सहायोगी मनले सहयोग पठाइरहनुभएको छ। हामीले हरपल चामललाई पनि सहयोगका लागि भन्यांै साथै हामीहरु जितु नेपाल निर्मल शर्मालगायतका साथीहरु एक–आपसमा सहयोग जुटाउँदै अगाडि आएर माया बाँडिरहेका छौँ। हामीले यो राहतभन्दा पनि माया बा∫डेका हौँ। कला क्षेत्रलाई माथि उठाउन सहयोगी कुनै पनि प्राविधिक तथा कलाकार एक छाक खानबाट पनि बञ्चित हुन नपरोस् भनेर हामीले माया बाँडेका हौँ। हामीले आज अलिकति माया बाँड्यां भोलि अन्य व्यीक्तले बाँड्नुहोला। यो बेला हात मुख जोर्ने सनस्याकै कारण कसैको मुहारमा दुःख देख्न नपरोस् भन्ने सोचले पनि हामी अगाडि आएका हौँ दीपाश्रीले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भनिन्।

आफूहरु अगाडि आएर सामग्री वितरण गर्दा सहयोग गर्ने दातामा आफूहरुले पठँएको सहयोग सही ठाउँमा पुगेकोमा विश्वास भएको दीपाश्री बताउँछिन्। ञहामी यसरी आउँदा सहयोगी हातहरु पनि बढेको पायौँ। किनभने हामी आफँ अग्रपंक्तिमा आउँदा सहयोग पठाउनेहरुलाई पनि मैले गरेको सहयोग सही ठाउँमा पुगेको छ है भन्ने विश्वास हुन्छु दीपाश्रीले भनिन्। वास्तविक समस्यामा परेका व्यक्तिहरु पहिचान गरेर मात्र खाद्यान्न वितरण गरिएको दिपाश्रीले बताइन्। ञहामीमार्फत सहयोग पठाउनुहुनेले एकदमै गाह्रो परेका व्यक्तिलाई मात्र दिनुस् है भन्नुभएको छ। कसैकोमा चामलै चामल देखियो भने कसैले एक छाक खान पनि नसकेको देखियो। त्यसैले, हामीले आवश्यकताअनुसार नै बाँडिरहेका छौँ। आइतबार वा सोमबारका लागि भने टेलिभिजन कलाकार मञ्चमा आबद्ध टेलिभिजन प्राविधिकहरुको अवस्थाबारे लिस्ट बनाउँदै छां मञ्चकी अध्यक्ष रहेकी निरौलाले भनिन्।त्यसैगरी, हास्यकलाकार निर्मल शर्माले आफू सम्बद्ध लक्ष्मी प्रतिष्ठानमार्फत रकम जुटाएर निम्न आय भएका फिल्म प्राविधिकको दैनिकीमा सहयोग पु-याउन नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई २५ हजार रुपियाँ हस्तान्तरण गरेका छन्। ञलकडाउनका कारण समस्यामा परेका कोरस कलाकार तथा प्राविधिकहरु समस्यामा भएको सुनेपछि हामी सक्दो सहयोगमा जुटेका छौँ उनले भने।त्यस्तै, फिल्म चुरीफुरी निर्माण समूहले राजधानीको वसुन्धराका काम गरेर गुजारा गर्न नसकेका परिवारलाई काठमाडाैको रहेका केही पीडितलाई खाद्यान्न सामग्री तथा मास्क प्रदान गरेको छ।

निषेधाज्ञाका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र मजदुरहरुलाई करिब २० देखि एक महिनालाई पुग्नेगरी चामल, तेल नुन, बिस्कुट, मास्कजस्ता सामग्री करिब प्रदान गरिएको छ। सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामलसहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषिराज आचार्यले बताए। महामारीमा थोरै भए पनि राहत होस् भनेर राहत बाँडेको निर्देशक आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्