भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्