काठमाडौं ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा प्रतिवादी दिक्षान्त बाँनिया पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले बाँनियालाई कात्तिक १६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।
मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१८ निवासी बाँनियाविरुद्ध नेपाल राष्ट्र बैंकले पत्रसहित जाहेरी दिएको थियो। उक्त मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन, ललितपुरबाट पक्राउ अनुमति लिएर सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बाँनियालाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया