चार अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान



न्युज अफ नेपाल, काठमाडौ।

नेपाल क्रिटिकल डेभलपमेन्ट फाउण्डेशनले चार वटा अस्पताललाई कोरोना संक्रमणबाट सुरक्षित रहेर काम गर्न उपयोगी सामग्री प्रदान गरेको छ । फाउण्डेशनले शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाडौ, धुलिखेल अस्पताल, काठमाडौ मोडल अस्पताल र त्रिशुली अस्पताललाई सो सामग्री प्रदान गरिएको हो ।

पीपीई, अक्सिजन, पञ्जा, सर्जिकल मास्क लगायत सामग्री डायबिटिज नेपाल मार्फत ती अस्पताललाई प्रदान गरिएको नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले जानकारी दिनुभयो । ती सामग्री अस्पतालमा अग्रपक्तिमा बसेर काम गरिरहेका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी प्रदान गरिएको बताइएको छ ।

सो सामग्री फाउन्डेशनलाई बेलायतमा कार्यरत चिकित्सकहरुको संगठन नेपालीज डाक्टर एशोसिएशन र च्यारिटी संस्था हेल्थ एक्सजेच युकेले प्रदान गरेको थियो। राधा स्वामी केन्द्र सामाखुसीका संचालनमा आएको अक्सिजन सहितको आईसोलेसन सेण्टरमा अक्सिजन पु¥याउन अमेरिका नेपाल मेडिकल फाउण्डेशनले २० हजार स्टलिङग पाउण्ड सहयोग सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्