लकडाउनमा चिम्पान्जीहरु जूम मिटिंगमा रमाउँदै



डिभुर क्रालोभ,(एजेन्सी) ।

कोभिड १९ को लकडाउनका कारण साथीभाई र आफन्तहरुसंग टाढिएकाबेला भिडियो कल , जूम बर्थ डे तथा स्ट्रिम गतिविधिमा व्यस्त रहँदा रहँदै वाक्क दिक्क भइसकेको हुनुपर्छ । तर चेकोस्लाभाकियाका दुईवटा चिडियाघरमा भने चिम्पान्जीहरु अनलाइन लिन्कअपमा आएर रमाउन थालेका छन् ।

कोभिड-१९ को कारण गत डिसेम्वर देखि ति चिडियाघर बन्द गरिएका थिए । अहिले विशाल स्क्रिनहरुमा सफारी पार्क भुर क्रालोभ र त्यो भन्दा १ सय ५० किमि टाढाको ब्रनोस्थित एउटा चिडियाखनाका चिम्पाजीहरुले एकले अर्काको दिनचर्याहरु हेरेर रमाउन पाइरहेका छन् । तर ति स्क्रिनहरुमा आवाज भने बन्द गरिएको छ ।

 

प्रागदेखि १ सय ३५ किमि पुर्वमा पर्ने भुर क्रालोभका चिम्पाजीकहरुको रेखदेख गर्ने कर्मचारी गाव्रियला लिन्हार्तोभाल भनेका छन् , ‘ शुरु शुरुमा त तिनीहरुले स्क्रिन तर्फ बढ्दै आक्रामक व्यवहार गर्ने गरेका थिए । विस्तारै तिनीहरुको क्रियाकलाप यति रोचक लाग्न थाल्यो कि मानौ हामीले कुनै रमाइलो चलचित्र हेरिरहेका छौं । मानविय गतिविधिहरु पनि गम्भीर रुपमा नियालेर तिनीहरुले मानिसले जस्तै केहि वस्तुहरु समाउन पनि जानेका छन् । ’

गत मार्चको अन्त्य सम्म सफारी पार्कको वेवसाइट मार्फत तिनीहरुको भिडियो कन्फरेन्स बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म दैनिक रुपमा प्रशारित हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्