फ्रान्सका राष्ट्रपति म्याक्रोंको गालामा थप्पड



पेरिस, (एजेन्सी) । 

दक्षिण पूर्वी फ्रान्सको एक औपचारिक भ्रमणमा रहने क्रममा फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंको गालामा थप्पड हानिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो फुटेजमा म्याक्रों भ्यालेन्स शहर बाहिरको टेइन–ले हर्मिटेजको एउटा पर्खालतिर अघि बढिरहेको अवस्थामा हरियो टिसर्ट लगाएका एकजना मानिसले अचानक उनको गालामा थप्पड हानेको स्पष्ट देखिन्छ ।

सुरक्षाकर्मिहरूले तत्कालै परिस्थिति सम्हालेर राष्ट्रपतिलाई तानेर सुरक्षित स्थानमा लगिएको देखिन्छ । यस घटनापछि दुईजना पुरुषलाई गिरफ्तार गरिएको फ्रेन्च सञ्चार माध्यमले जनाएको छ ।ती आक्रमणकारीले गालामा थप्पड हान्ने क्रममा ‘म्याक्रोंवाद मुर्दावाद’ को नारा लगाएको तथा फ्रान्सका सम्राट चार्लेम्याग्नेलाई सम्झाउने ब्यानर तथा पुरानो फ्रान्स अधिराज्य कालमा युद्धका बेला चिच्याउने शब्दहरू, ‘मोन्टजोइ, सेनट–डेनिस’ को पनि उच्चारण गरेका थिए ।भिडियोमा यस घटनालगत्तै म्याक्रों एकछिन पुनः पर्खालतिर फर्केको र भिडसँग कुराकानी गरेको देखिन्छ ।अझैसम्म ती व्यक्तिको पहिचान र उनको हमला गर्नुको उद्देश्य खुलाइएको छैन । प्रहरीले उनीलगायत पक्राउ परेका अर्को एक व्यक्तिसँग सोधपुछ गरिरहेको छ । फ्रेन्च पत्रकार समूहको ट्विटअनुसार यस घटना घट्नासाथ भ्यालेन्सका सडकभरि तैनाथ गरिएको थियो ।फ्रान्सका राष्ट्रपतिहरूलाई विशेष सुरक्षाबल ‘सेक्युरिटी ग्रुप फर दि प्रेसिडेन्सी अफ दि रिपब्लिक’ अर्थाथ जीएसपीआरले सुरक्षा दिने गर्दछ । यो समूह सन् १९८३ मा गठन भएको हो । ७७ जना महिला तथा पुरुष विशेष कमान्डो सम्मिलित यसले म्याक्रोंको रक्षाको जिम्मेवारी लिँदै आएको छ ।

फ्रेन्च टेलिभिजन च्यानल बिएफएमका अनुसार राष्ट्रपतिको भ्रमण हुनुअघि सरकारी अधिकारीहरूले तोकिएका स्थानहरूको राम्ररी अनुगमन गर्छन् र त्यसपछि सशस्त्र समूहको निकट सुरक्षा घेरामा राष्ट्रपतिको भ्रमण हुन्छ ।मंगलबार यो घटना हुँदा म्याक्रोंको साथ जीएसपीआरका १० जना सदस्य थिए । फ्रँन्सका राजनीतिज्ञहरूले यस घटनाका आलोचना गरेका छन् । प्रधानमन्त्री जिन क्यास्टेकसले तत्कालै राष्ट्रिय सभामा प्रजातन्त्रको अर्थ हिंसा, शाब्दिक तथा शारीरिक आक्रमण नभई वैधानिक असहमति र बहस गर्नु हो भनेका छन् ।कटर वामपन्थ नेता जिन ल्युक मेलेन्चोनले तक्कालै ट्विट गर्दै राष्ट्रपतिप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । यसैगरी, कटर दक्षिणपन्थी नेता मेरिन लि पेँले पनि घटनाप्रति दुःख प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्