अमेरिकी अर्बपतिहरूले नाम मात्रको कर तिरेको खुलासा



वासिंगटन, (एजेन्सी) । 

अमेरिकाका चर्चित अर्बपतिहरूले नाम मात्रैको कति थोरै कर तिर्नेरहेछन् भन्ने विवरण सहितको दस्तावेज एउटा वेबसाइटमार्फत सार्वजनिक भएको छ । वेबसाइट प्रोपब्लिकाले आफूले जेफ बिजोस, एलोन मस्क र वार्रेन बफेटलगायत विश्वका सबैभन्दा धनी तिर्ने कर विवरण पत्ता लगाएको जनाएको छ ।यसले अमेजनका मालिक बिजोसले सन् २००७ र २०११ त्था टेस्ला कम्पनीका मस्कले सन् २०१८ मा करको नाममा एक पैसा पनि नतिरेको आरोप लगाएको छ ।

तर, अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका महिला प्रवक्ताले भने यो सार्वजनिक गरिएको विवरण अवैध भएको तथा अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) र कर निकायले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।प्रोपब्लिकाले भनेको छ– ‘अर्बपतिहरूको करसम्बन्धी थुप्रै मात्रामा आन्तरिक राजस्व सेवाको तथ्यांक फेला पारेका छौं । केही सातामै हामी थप विवरण सार्वजनिक गर्नेछौं ।

२५ जना सर्वाधिक धनी अमेरिकीले समायोजित कुल आयकरको औसत १५ दशमलव ८ प्रतिशतभन्दा कम कर तिर्ने गरेका छन् ।’यता अमेरिकी राष्ट्रपति जोय बाइडेनले आफ्नो बृहत् पूर्वाधार लगानी कार्यक्रम र समानतामा सुधार ल्याउने अभियानका लागि अत्यन्तै धनी अमेरिकीहरूमाथि करको दायरा बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्