साइन नेपालद्वारा बाजुराका गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरण



दयाराम पण्डित, बाजुरा ।

कोरोना महामारी नियन्त्रण गर्न सहयोग स्वरुप बाजुराका बिभिन्न स्थानीय तहमा साइन नेपाल नामक गैरसरकारी संस्थाले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो । जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिकामा करिब ७ लाख रुपैंया बराबर र बुढीगङ्गा नगरपालिकालाई पाँच लाख रुपैंया बराबरको स्वास्य सामाग्री बितरण गरेको छ ।

उत्तरपूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई मंगलबार मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) धनगढीले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु साईन नेपालले हिमाली गाउँपालिकालाई प्रदान गरिएका हो । कन्सेन्ट्रेटरले अक्सिजनको कमी भएका बिरामीहरुका लागि उपचारमा निकै सहज हुने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ले बताए ।

त्यसैगरी सोमबार दिउसो एक कार्यक्रमका बीच साइन नेपालले बुढिगंगा नगरपालिका लाई कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई सेट लगायतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाहले जानकारी गराए । एक थान अक्सिजन भर्न धनगडी नेपालगञ्ज पठाउने पर्ने बाध्यता थियो । कन्सेन्ट्रेटर , अक्सोमिटर र पिपिईसेट लगायतका आत्याआबस्यक उपकरण उपलब्ध भएका छन् । बिरामी उपचारगर्न सहजता आउने छ नगरप्रमुख शाहले भने ।

बाजुराका स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संक्रमित व्यक्तिहरुलाई उपचारमा सहज हुने विस्वासका साथ स्वास्थ्य उपकरण लगायत विभिन्न स्वास्थ्य सामग्री सथानीय पालिकालाई सहयोग गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए ।

जिल्लाका बस्ती स्तरमा पुुगेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई बुुढिगंगा नगरपालिका प्रमुख शाहले धन्यवाद दिएका छन् । अक्सिजनको कमी भएका बिरामीहरुका लागि कन्सेन्ट्रेटरले उपचारलाई निकै सहज हुने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सामाग्री सहयोग निकै उपयोगी हुने विश्वास लिएका पनि उनले दोहार्याए ।

गाउँपालिकालाई विभिन्न व्यक्ति र संघ संस्थाहरुले स्वास्थ्य सामग्री र प्रविधियुक्त सामग्री सहयोग गर्दै आएको अध्यक्ष मल्लल भने । साइन नेपाल धनगढीले केही हप्ता अगाडी जिल्ला प्रहरीकार्यालय बाजुरालाई १२ थान कम्प्युटर तथा प्रिन्ट सहयोग गरेको थियो । त्यसैगरी गतवर्षको वाडिपपिहरो पिडित चार सय परिवारलाई खाद्यन्न कपडा तथा भांडाकुंडीको राहात सहयोग दिएको थियो । त्यसैगरी डोटी जिल्लामा पनि उक्त संस्थाले स्वास्थ्य सुरक्षा सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरेको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

यसैबीच बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १८ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै बाजुरामा संक्रमितको सख्या ७ सय १३ पुगेको छ । आज १३६ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बुधबार बाजुरामा निको भएर घर फर्किएको सख्या शुन्य रहेता पनि हालसम्म निको हुनेको सख्या ४ सय ३२ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बढ्दै गएको तथ्याङक छ । हाल सम्म्म २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १० रहेका छन ।

प्रतिक्रिया दिनुहोस्